News Portal

  • सिद्धार्थ बैंकद्वारा आफ्ना ग्राहकहरुलाई मोबाईल नम्बर अद्यावधिक गर्न आग्रह

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७७
    २०२३ पटक
    १८ असोज, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई खाता खोल्दा प्रयोग भएका नम्बर तर हाल प्रयोगमा नआएको भए नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको छ ।
    बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहेको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको जनाएको छ ।
    दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको कुरा बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्