News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज ब्युटि पार्लरमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१७ साउन, २०७९
    ५७६ पटक
    १७ साउन, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुस्काज ब्युटि पार्लर एण्ड मेकअप स्टुडियोसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटि पार्लर विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र ब्युटि पार्लर ब्युटि पार्लरका तर्फबाट उक्त कम्पनीका संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुस्काज मेकअप स्टसडियो को ब्युटि कोर्समा १५ प्रतिशत, ब्युटि पमर्लर सर्भिसमा २० प्रतिशत र ब्युटि प्रडक्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
    बैंकले ११२ शाखा कार्यालयहरु र ३२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्