News Portal

  • आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त रू. २०० छुट

    आर्थीकसंसार संवाददाता१० साउन, २०७९
    ६१२ पटक
    १० साउन, २०७९

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे”ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू.२०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ ।
    पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्न्हुनेछ ।
    आइएमई पेको बारेमाः
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

    प्रतिकृया दिनुहोस्