News Portal

  • न्यूनतम ७ महिनाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको चाप कम गर्ने

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ५७६ पटक
    ६ साउन, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादनमा केन्द्रित हुने बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रामा परेको चाप कम गर्दै उत्पादन केन्द्रित अर्थनीतिमा धान दिने बताए ।
    हाल तीब्र आयातका कारण अनपेक्षित रुपमा विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । हाल मुलुकसँग ६ महिनाको आयात धान्न पुग्ने जति मात्र विदेशी मुद्राको सञ्चिति रहेको छ ।

    प्रतिकृया दिनुहोस्