News Portal

  • नबिल बैंकले पञ्चेश्वोर गाउँपालिकका युवालाई वित्तीय साक्षरता तालिम

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०७८
    १८९२ पटक
    २५ भदौ, २०७८

    काठमाडौं । नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।
    यस समझदारीअन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजना गरी दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
    नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
    ग्रामीण क्षेत्रमा पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रकै व्यवसायिकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्