News Portal

  • लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०७८
    १६७९ पटक
    २४ भदौ, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ ।
    सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपालमार्फत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।
    सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टू नेपालको तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरे । यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । “निरन्तर सहयात्रा”भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीएस मोबाइल बैंकिङ, एटीएम, लकलगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्