News Portal

  • बीओकेद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी सहयोग प्रदान

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १४८५ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
    बैंकले अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो ।
    उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश सेट १ थमनबहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बीच हस्तान्तरण गरेका हुन् ।
    उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
    बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्