आर्थीकसंसार संवाददाता२१ भदौ, २०७८
२१ भदौ, २०७८काठमाडौं । सनराइज बैंकले दुई स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।