काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२ लाख ५० हजार थान ऋणपत्रको सूचिकरण भएको हो । जसमा ८.७५ प्रतिशत ब्याजदर पाइने छ ।
बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
आर्थीकसंसार संवाददाता१८ भदौ, २०७८
१८ भदौ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने