News Portal

  • महालक्ष्मी बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा छुट

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७८
    ११०२ पटक
    १६ भदौ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार एक सम्झौता गरेको छ ।
    उक्त सम्झौताअनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्