आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
११ भदौ, २०७८काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले ओम अस्पताल तथा रिसर्च सेन्टरमा १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । जसको लागि बैंक र ओम अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।
मेगा बैंकका ग्राहकलाई यसअघिदेखि नै काठमाडौंलगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।