काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औं विस्तारित सेवा केन्द्रको सुरुवात गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन् ।
पोखरा महानगरपालिकामा खोलिएको यस विस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९,३०,३१,३२ तथा ३३ मा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त बिस्तारित सेवा केन्द पोखरा बिश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकवर्ग पनि लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यस विस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बंंैकिङ्ग प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।
‘सबैका लागि बैंक’ भन्ने मूल उद्देश्यसहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
नेपाल बङ्गलादेश बैंककोे ९औं विस्तारित सेवा केन्द्र पोखराको ढुङ्गेपाटनमा
आर्थीकसंसार संवाददाता१ भदौ, २०७८
१ भदौ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने