News Portal

  • नेपाल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृतका लागि सम्झौता

    आर्थीकसंसार संवाददाता२६ साउन, २०७८
    १०१५ पटक
    २६ साउन, २०७८

    काठमाडौं । नेपाल बैंकले जारी गरेको ‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेप्सेमा सूचीकृत गर्नको लागि सम्झौता भएको छ । मंगलबार नेपाल बैंक र नेपाल स्टक एक्सचेञ्च लिमिटेडबीच सूचीकृतका लागि सम्झौता भएको हो ।
    ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार सुरु हुने बताइएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेपाल बैंकले जारी गरेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता ‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ जारी गरेको थियो ।
    नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्च लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    प्रतिकृया दिनुहोस्