काठमाडौं । कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र साउन २६ गते नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले हालै १ हजार रुपैयाँ अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्र सूचीकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेप्सेबीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् ।
यससँगै, बैंकको ‘कृषि ऋणपत्र’, साउन २७ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ । उक्त अवसरमा कृषि विकास बैंकका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेप्सेका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एनआईबिएल एस क्यापिटलका डिपुटी सीईओ मेखबहादुर थापाको उपस्थिति थियो ।
कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
आर्थीकसंसार संवाददाता२६ साउन, २०७८
२६ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन