काठमाडौं । मेगा बैंक नेपालको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।
‘शुन्य मोज्दात’मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरुसहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो अफर ल्याएको हो । मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकहरुका साथसाथै यो निक्षेप योजनाअन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्नुहुने ग्राहकलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ ।
साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ । यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैयाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ ।
मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सिम पाइने
आर्थीकसंसार संवाददाता२४ साउन, २०७८
२४ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?