काठमाडौं । नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् । सो रणनीतिक साझेदारीअन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सहज हुने नबिल बैंकले जनाएको छ । यसैगरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्तिताबाट लाभ लिन सक्नेछन् । त्यसक्रममा बैंकका कार्यकारी अधिकृत शाहले भने, ‘नबिल बैंकले सदैब दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ, जुन नेपालको कुल ग्रार्हश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । हामी डीभी एक्सिलससँगको यस सहकार्यद्वारा कृषकहरुको आवश्यकताअनुसार कृषि कर्जा प्रदान गरी उनीहरुको उत्पादन क्षमता वृद्धि गरी देशको आर्थिक विकासमा योगदान पुर्याउँदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउँदा उत्साहित छौं ।’
साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि सरसाधानको सहज उपलब्धता र सहज वित्तीय पहुँचमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको जनाएको छ ।
नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई सहज कर्जा प्रदान गर्ने
आर्थीकसंसार संवाददाता१६ साउन, २०७८
१६ साउन, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी