काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।
बैंकले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९१।५७ प्रतिशत बढी हो । बैंकले अघिल्लो आव २०७६/७७ को असार मसान्तसम्ममा ८२ करोड ३९ लाख रुपैयाँ मात्रै वितरणयोग्य नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ र सञ्चालन आम्दानी ४३.३८ प्रतिशतले बढेर ७५ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा पनि ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १२.७१ रुपैयाँ, पीई रेसियो २१.१ र प्रतिसेयर नेटवर्थ बढेर १४८.४९ रुपैयाँ पुगेको छ ।
कोरोनाको महामारीबीच पनि बैंकले राम्रो व्यवसाय गरेको छ । निक्षेप ८८ अर्ब ४९ करोड रुपैयाँबाट एक खर्ब ४० करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ७८ अर्ब ९७ करोड रुपैयाँबाट एक खर्ब १८ अर्ब पुर्याएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ५८।९२ र ५०।१३ प्रतिशतले बढी हो ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३८।३६ प्रतिशतले बढी हो । त्यस्तै, समीक्षा अवधिमा बैंकको जगेडा कोषको रकम ४०।९२ प्रतिशतले बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराव कर्जा भने १।५५ प्रतिशतबाट बढेर २।७७ प्रतिशत पुगेको छ । त्यस्तै, कष्ट अफ फण्ड ५.८५, क्यापिटल फण्ड टु आरडब्लुए १३.८९ र क्रेडिट टु डिपोजिट रेसियो बढेर ७७.४२ पुगेको छ । गत असार मसान्तसम्म बैंकको बेस रेट र इन्ट्रेष्ट रेट स्प्रिड दुबै घटेर क्रमशः ७.५५ र ३.५९ मा झरेको छ ।
सिटिजन्स बैंकको वितरणयोग्य नाफा ९१।५७ प्रतिशतले बृद्धि
आर्थीकसंसार संवाददाता१५ साउन, २०७८
१५ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?