काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवारीसम्म १०० विरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा वृक्षारोपण गरेको हो ।
बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातारवरण बनाउन काठमाडौं महानगरपालिका–३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कामपा–३ वडाका वडाध्यक्ष दिपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरुलगायत २१ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा १०६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटाभन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१५ साउन, २०७८
१५ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन