News Portal

  • ग्लोबल बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

    आर्थीकसंसार संवाददाता७ साउन, २०७८
    ७०२ पटक
    ७ साउन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    ग्लोबल आइएमई बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    सम्झौताअनुसार बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित)अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौताअनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।
    मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘
    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्