News Portal

  • कुमारी बैंकका कामु सीईओमा अनुजमणि तिमिल्सिना नियुक्त

    आर्थीकसंसार संवाददाता१ साउन, २०७८
    ८२१ पटक
    १ साउन, २०७८

    काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन् । उनले गत असार ३१ गतेदेखि लागू हुने गरी बैंकको सीईओ पदबाट राजीनामा दिएका हुन् ।
    ४ वर्षको सफल कार्यकाल बिताएका सीईओ भण्डारीले आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । यससँगै, असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनालाई नियुक्त गरेको छ । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेका तिमिल्सिनाले साउन १ गतेदेखि नै कामू सीईओको कार्यभार सम्हाल्ने छन् ।
    सीईओ भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट बिदा लिन चाहेको जानकारी गराएका छन् । साथै, नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना उनले शुभकामना दिएका छन् ।
    भण्डारीले ३५ वर्षको लामो बैंकिंङ्ग करियरलगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भएका छन् । उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले भण्डारीको कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।

    प्रतिकृया दिनुहोस्