News Portal

  • नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

    आर्थीकसंसार संवाददाता१६ असार, २०७८
    ३५४ पटक
    १६ असार, २०७८

    काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्न अन्तिम स्वीकृति पाएको छ । बैंकले असार १५ गते मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।
    यससँगै बैंकले १ बराबर ०.३५ को सेयर मूल्य अनुपात (स्वाप रेसियो) मा फाइनान्सलाई प्राप्ति गर्ने छ । गत असार ५ गते सम्पन्न बैंकको विशेष साधारणसभाले फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई स्वीकृति दिएको थियो । यससँगै, सेयरधनीले युनाईटेड फाइनान्सको १ कित्ता सेयर बराबर नबिल बैंकको ०.३५ कित्ता सेयर पाउने भएका छन् ।
    नबिल बैंकले संस्थालाई प्राप्ति गर्नको लागि गत बैशाख १७ गते शुक्रबार प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा नबिल बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जररप्राप्ति कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका हुन् । यससँगै, युनाईटेड फाइनान्सको गत बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्राप्ति गर्ने प्रक्रिया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

    प्रतिकृया दिनुहोस्