काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्छन् भन्ने आरोप गलत सावित भएको बताएका छन् ।
शुक्रबार बैंकिङ फाइनासन्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सम्बन्धि सरोकारवालाहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्ने गरेको निराधार आरोप पछिल्लो समयको सेयर बजारको उछालले गलत पुष्टि गरेको बताएका हुन् ।
‘सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले चलखेल गरेको अनावश्यक आरोप खेप्दै आउनु परेको थियो, हामीलाई जनताको निक्षेप लिएर सेयर बजारमा लगानी गरेको समेत आरोप लाग्यो, तर अहिले राष्ट्र बैंकले अल्पकालिन लगानी गर्न नमिल्ने व्यवस्था गरेसँगै बैंक वित्तीय संस्थाले लगानी गर्न पाएका छैनन्, तर सेयर बजारको उछाल कायमै छ, जुन आरोप गलत पुष्टि भएको छ,’ उनले भने ।
सेयर बजारको उतारचढावमा बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष रुपमा कुनै सेयर बढाउनको लागि भूमिका नहुने पनि उनको भनाई छ । बैंक वित्तीय संस्थाले कोर बिजनेस छोडेर सेयरमा लगानी बढे भन्ने आरोपमा सत्यता नभएको उनले प्रस्ट पारे ।
राष्ट्र बैंकले नीतिगत व्यवस्थामा परिवर्तन गरेसँगै बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर नकिनेपनि अहिले १७ अर्बसम्मको कारोबार पुगेको छ । यस्तै, उनले कर लाभका लागि मात्रै हुने मर्जर तथा एक्विजिसनको प्रवृतिलाई बजेटले अन्त्य गरेको पनि बताए । ‘अब बैंक–बैंक र फाइनान्स–फाइनान्स कम्पनीबीच मर्जर तथा एक्विसजन गरे मात्रै ट्याक्स बेनिफिट पाइन्छ, जुनसुकै बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन गरे पनि पाउने ट्याक्स नपाइने भएको छ, यो राम्रो व्यवस्था हो,’ उनले भने ।
बैंक वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गरेका छैनन्ः सरोजकाजी तुलाधर
आर्थीकसंसार संवाददाता२१ जेठ, २०७८
२१ जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो