News Portal

  • एनएमबिको अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्राप्त गर्न सकिने

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०७८
    ५५० पटक
    १२ जेठ, २०७८

    काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था मिलाएको छ । अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले दिएको निर्देशन कार्यान्वयन गर्दै कार्ड जारी गर्न सुरु गरिसकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
    बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रबद्धन गर्न सकिने बैंकले जनाएको छ ।
    उक्त सुविधाका लागि https://nmbbanknepal.com/virtual-dollor-card-request-form यो लिंकमा आवेदन दिई तत्काल प्राप्त सकिने पनि बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्