News Portal

  • स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमितलाई राहत वितरण

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७८
    ७१४ पटक
    ११ जेठ, २०७८

    काठमाडौं । स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ । लघुवित्तले कोरोना संक्रमणको दोस्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको छ ।
    लघुवित्तले आफ्नो १ सय ४० वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई दैनिक रुपमा घरदैलोमा गएर खाद्य सामग्री चामल, दाल, नुन र तेल वितरण गरिरहेको हो ।
    संस्थाले कोरोना पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका ग्राहक सदस्यहरुलाई सदस्यलाई आर्थिकलगायत औषधोपचारका राहत प्याकेजसमेत ल्याउन लागेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्