News Portal

  • कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित

    आर्थीकसंसार संवाददाता१९ चैत्र, २०७७
    ४०३ पटक
    १९ चैत्र, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५÷७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।
    आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।
    बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकले आव २०७४÷७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो ।
    आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।
    राज्यप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पुर्याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढी हौसला प्रदान गरेको छ । साथै, बैंक आफ्नो भिजनअनुरुप खरो रुपमा उत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान दिने करदाताको रुपमा आफूलाई स्थापित गरेको छ ।

    प्रतिकृया दिनुहोस्