काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाइरहेको छ ।
यस अभियानअन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड/फिसिङ सम्बन्धित विभिन्न चेतनामूलक साम्रगीहरु आफ्नो सबै सामाजिक सञ्जालबाट प्रकाशित गर्दै आइरहेको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्गमार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाइरहेको छ । यस अभियानअन्तर्गत गरिमा विकास बैंकको आई.टि. विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ ।
हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आइरहेको छ ।
गरिमा विकास बैंकले “रहनुहोस् होसियार” अभियान सुरु गर्यो
आर्थीकसंसार संवाददाताचैत्र, १६, २०७७
चैत्र, १६, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?