काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसी र विश्वप्रकाश गौतमले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गर्नुभयो । सवारी आवागमनलाई सुरक्षित एवं व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको हो ।
उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाइटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायःजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए । सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
माछापुच्छ्रे बैंकको सहयोगमा काठमाडौंको लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान
आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
९ चैत्र, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो