News Portal

  • नेपाल बैंकले चाँगुनारायणका ३०० युवालाई बिना व्याज ऋण दिने

    आर्थीकसंसार संवाददाता४ चैत्र, २०७७
    ५६३ पटक
    ४ चैत्र, २०७७

    भक्तपुर । नेपाल बैंकले विजनेस प्रपोजलको आधारमा चाँगुनारायण तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएको छ । बैंकले चाँगुनारायण पालिकाको जमानीमा तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएको हो ।
    राष्ट्रिय युवा परिषद, चाँगुनारायण नगरपालिका र नेपाल बैंकको आयोजनामा बुधबारबाट सुरु भएको ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता– जिवाईबी/एसवाइबी’ सात दिवसीय तालिम कार्यक्रममा यस्तो सम्झौता भएको हो ।
    चैत ९ गतेसम्म चल्ने उक्त तालिम कार्यक्रम १० समूहमा ३७० जनालाई दिइने युवा परिषद्ले जानकारी दिएको छ । उक्त कार्यक्रमको तालिम पश्चात नेपाल बैंकले ३०० जनालाई विजनेस प्रपोजलको आधारमा पालिकाको जमानीमा ३ लाखको दरले बिना व्याज ऋण दिने सहमति भएको हो । कार्यक्रममा नेपाल बैंकको तर्फबाट सम्बोधन गर्दै डिपुटी सिईयो प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आए र बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । मेयर उधमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।

    प्रतिकृया दिनुहोस्