काठमाडौं । आइएमई ग्रुपको तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ हुने भएको छ ।
काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समूहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेवसाइटमा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरणसहित भरिएका आवेदन फारमहरू चैत १२ गते बिहिबारभित्र माथि उल्लेखित स्थानहरुको बुझाउनु पर्नेछ ।
टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
आईएमई गु्रपको तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै
आर्थीकसंसार संवाददाता२ चैत्र, २०७७
२ चैत्र, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न