काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड वा क्रेडिट कार्डमध्ये जुन भए पनि उक्त छुट पाउने छन् ।
कुमारी बैंकका कर्मचारीले भने थप ५ प्रतिशत अर्थात २५ प्रतिशत छुट पाउने मेरिना इम्पेक्सले जनाएको छ । यस्तो सहकार्य गर्ने विषयमा दुई कम्पनीबीच विहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक गोकुल खड्का र कुमारी बैंकका बजार प्रमुख नविन मुनि बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
मेरिनामा सुविधा लिनको लागि ग्राहकले सक्रिय अवस्थामा रहेको भिजा कार्ड र कर्मचारीले म्याद नसकिएको परिचयपत्र देखाउनुपर्ने कम्पनीले जनाएको छ । यस्तो कार्ड बाहकले मेरिना इम्पेक्सको विभिन्न स्थानमा रहेका चार शाखाहरुबाट २० प्रतिशत छुटमा सर्टिङ, सुटिङ र टेलरिङ सेवा लिनसक्ने मेरिना इम्पेक्सले जनाएको छ । व्यवसायिक जगतमा कोटपाइटसहितको औपचारिक पोसाकको बढ्दो प्रयोगलाई ध्यानमा राखेर डेविट तथा क्रेडिट कार्ड होल्डरलाई यस्तो सुविधा दिन लागिएको कम्पनीले जनाएको छ । १० लाख भन्दा बढी ग्राहक भएको र नेपालभर नेटवर्क भएको कुमारी बैंक जस्तो ठूलो संस्थासँग सहकार्यको मेरिनाको सेवा विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । ‘हामी अत्यान्तै सुपथ मूल्यमा उच्च गुणस्तरयुक्त सटिङ, सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्दै आएका छौं । लामो समयदेखि सर्टिङ सुटिङ क्षेत्रमा प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिले हामीलाई सेवा विस्तारमा उत्साहित बनाएको छ’ मेरिना इम्पेक्सले प्रेस विज्ञप्तीमार्फत प्रतिवद्धता जनाएको छ ।्
कुमारी बैंकका एटीएम कार्ड होल्डरलाई मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा २० प्रतिशत छुट
आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
१३ फागुन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो