News Portal

  • एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीमा सञ्चालन

    आर्थीकसंसार संवाददाता६ असोज, २०८३
    ५४ पटक
    ६ असोज, २०८३

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही अवसरमा सुदूरपश्चिम प्रदेशका लागि निर्माण गरिएको नयाँ भवन पनि उद्घाटन गरेको हो ।

    बैंकका अनुसार असोज ५ गते आयोजित कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका थिए ।

    यससँगै बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय पनि नयाँ भवनमा स्थानान्तरण गरेको छ । अब प्रदेश कार्यालयका सम्पूर्ण बैंकिङ सेवा यही भवनबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

    यो शाखा सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ ।

    उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, स्थानीय उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

    बैंकले आफ्नै भवनबाट सेवा सञ्चालनमा आएपछि धनगढी क्षेत्रका ग्राहकलाई अझ सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । क्याम्पस चोकमा शाखा स्थापना भएपछि यस क्षेत्रको आर्थिक गतिविधिमा समेत थप टेवा पुग्ने बैंकको अपेक्षा छ ।

    प्रतिकृया दिनुहोस्