News Portal

  • एनआईसी एशिया र स्वदेशी लघुवित्त मर्जरमा जाने

    आर्थिकसंसार संवाददाता३२ साउन, २०७७
    ९४७ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । सबैभन्दा बढी चुक्ता पुँजी भएको एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जान लागेका हुन् । यी दुबै लघुवित्त वित्तीय संस्थाबीच साउन ३२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    मर्जरसम्बन्धी सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले दुबै लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको छ । एनआईसी एशियाले हालै मात्र आईपीओ जारी गरेको थियो । एनआईसी एशिया लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४८ करोड करोड रहेको छ भने स्वदेशी लघुवित्तको २७ करोड ६० लाख छ । यद्यपि सेयर बजारमा स्वदेशी लघुवित्तको सेयर मूल्य ८०० रुपैयाँ रहेको छ भने एनआईसी एशिया लघुवित्तको ७५३ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्