News Portal

  • गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

    आर्थीकसंसार संवाददाता१ माघ, २०८१
    ९ पटक
    १ माघ, २०८१

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतले पारित गर्दै अठारौँ सभा सम्पन्न भएको हो ।

    साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

    त्यस्तै,  सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति गठन गरेको छ।त्यस्तै संस्थापक शेयरधनी प्रतिनिधिमा दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल, र दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी प्रतिनिधि: विमल पाण्डे, शोभाकान्त ढकाल, र आयुष्मा कोईराला निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै ,  साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले दिलिप प्रताप खाँडलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ। गरिमाको हाल चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारण सभाले पारित गरेको लाभांश २०८१ पौष १७ गते कायम रहेका शेयरधनीहरूले प्राप्त गर्नेछन् ।

    गरिमा विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम, र नविनतम डिजिटल बैंकिङ मार्फत सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ । यस साधारण सभाले बैंकको स्थायित्व र वित्तीय सुदृढतालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्