News Portal

  • कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    ३११४ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो ।
    सो सम्झौतापत्रमा बैंकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र अस्पतालका निर्देशक डा. विशाल सापकोटाले छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    सम्झौताबमोजिम चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचारलगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कको भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्