काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको छ । बैंकका ग्राहकहरूले एनआइसी एशिया मोबाइल बैंक एपमा रहेको फिक्सड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्नसक्ने बैंकले जनाएको छ ।
बैंकको अनुसार ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूले बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ । यो सुविधाअन्तर्गत स्वचालित पद्दतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् ।
एनआईसी एशियाले मोबाइल बैंकिङ्गबाटै ग्राहकहरुले मुद्दती खाता खोल्न सक्ने
आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
१७ मंसिर, २०७७- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्टले सवा अर्ब बढी लगानी गर्ने, कृषि र एसएमईलाई प्राथमिकता