News Portal

  • कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट

    आर्थीकसंसार संवाददाता१६ साउन, २०८१
    १६२ पटक
    १६ साउन, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ ।

    कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिएपछि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

    यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा गरेको छ ।

    प्रतिकृया दिनुहोस्