News Portal

  • बैंकिङ क्षेत्रमा पहिलो पटक कामना सेवाले ल्यायो केएसबिबिएल अक्सन हब

    आर्थीकसंसार संवाददाता३१ साउन, २०८०
    ४१२ पटक
    ३१ साउन, २०८०

    काठमाडौं । नेपालमा बैंकिङ क्षेत्रमा पहिलो पटक कामना सेवा विकास बैंकले लिलाम सम्वन्धी अनलाइन प्लाटफर्म संचालनमा ल्याएको छ । लिलाम सम्बन्धी सम्पुर्ण जानकारी एकै ठाउँबाट ग्राहकहरुलाई प्रवाह गर्ने हेतुले बैंकले यस्तो प्लाटफर्म संचालनमा ल्याएको हो । । बैंकले केएसबिबिएल अक्सन हब सार्वजनिक गरेको हो ।  यसमा बैंकले लिलाम सम्वन्धी सूचनाहरु राख्नेछ ।

    सुव्यवस्थित र सहज पहुँच सहितको इन्टरफेस भएको यस प्लाटफर्मले लिलाम सम्बन्धी सूचना, लिलाममा रहेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्तिहरुको विवरण नियमित रुपमा प्रकाशित गर्दै जाने हुँदा उपरोक्त सम्पत्तिहरु खरिद गरी लिन चाहने व्यक्ति संस्थाहरुलाई थप सहज पुग्ने बैंकले विश्वास लिएको छ । अब सबैले बैंकको यस प्लाटफर्म मार्फत लिलाम सम्बन्धी सुचना यही पोर्टल मार्फत हेर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्