News Portal

  • एनआईसी बैंकको निःशुल्क रेमिट योजना

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    ११०२ पटक
    २० असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले आफना ग्राहकहरुको सुविधाका लागि चाडपर्वमा निःशुल्क रेमिट्यान्स योजना ल्याएको छ । यो योजना लागु भएसँगै ग्राहकहरुले अब एनआईसी एशिया रेमिटमार्फत रकम पठाउदा शुल्क नलाग्ने बैंकले जनाएको छ ।
    यस योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्को ठाउँमा दोस्रोपटक निःशुल्क रुपमा रकम पठाउन सकिने छ । पहिलोपटक रकम पठाउँदा शुल्क लागे पनि दोस्रोपटक रकम रकमान्तर गर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले यो योजना असोज २० गतेदेखि माघ ५ गतेसम्म लागु हुने जानकारी दिएको छ ।
    उक्त रेमिट्यान्स रकम बैंकका देशभर फैलिएका ३ सय २६ शाखा, १ सय ३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई र १० हजार भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्