News Portal

  • सानिमा लाइफद्धारा २ लाख रुपैयाँ मृत्यु दावी भूक्तानी

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७९
    ४०४ पटक
    ७ कार्तिक, २०७९

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर वेदकोट नगरपालिका ६ का मानमती बोहरालाई मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले स्व.जै बहादुर बोहराका श्रीमती मानमतीलाई २ लाख ८ हजार ४ सय रुपैयाँ रकम प्रदान गरेको हो ।
    कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा बीमितकै घरमा एक कार्यक्रम आयोजना गर्र्दै उक्त रकम वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष तुलशि राना, वडा सदस्य भगिरथ खुना, सानिमा लाइफका शाखा बजार अधिकारी गणेश राज जोशी बरिष्ठ एजेन्सी म्यानेजर रुपेश केसि, बरिष्ठ एजेन्सी म्यानेजर माधबी चन्द, सरिता चन्द, उज्जल सिङ धानुक, अर्जुन धानुक लगाय स्थानीय सहभागी भएका थिए ।
    २०७८ असार मा २ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका बोहराले  बीमाशुल्क बापत दुई  किस्ता वापतको २८०३२/-  मात्र बुझाएको थियो।  बिरामीभइ २०७९  भाद्र १९ गते मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्