News Portal

  • रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता६ असोज, २०७९
    ३१६ पटक
    ६ असोज, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।
    यसका साथसाथै बिभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । यस महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा रिलायन्स लाइफले गौरव महशुस गरेको छ । कम्पनीले गरेको यस महान कार्यबाट धेरै विरामीहरुको ज्यान जानबाट सुरक्षित हुन मद्धत पुग्नेमा कम्पनी बिश्वस्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताए ।
    यस रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढी मानिसहरुको उपस्थिति भई रक्तदान गरिएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५०० भन्दा बढी कर्मचारीहरु रिलायन्स लाइफमा कार्यरत छन् ।
    डिजिटल प्रबिधिमा आफना सेवाहरु समाहित गर्दै रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स एप मार्फत आफना सेवाहरु ग्राहकमाझ पस्केको छ । यसबाट आम ग्राहकहरुले बीमालेखको नवीकरण तथा भुक्तानी मिति , परिवारजनको बीमालेखहरु लींक गर्न सकिने , परिपक्व तथा व्यतित बीमालेखबारे सम्पुर्ण जानकारी पाउनुका साथसाथै कम्पनीको बिभिन्न बीमा योजना, उमेर बमोजिक रकम गणना, लगायतका सम्पुर्ण सुविधाहरु यस एप्स मार्फत आम ग्राहकहरुले पाउन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्