काठमाडौं । नेपाल बैंकले आगामी असोज १९ गते विशेष साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ११ बजे भिडियो कन्फ्रेन्स (भच्र्युअल जुम मिटिङ)मार्फत सभा गर्ने निर्णय गरेको हो । उक्त निर्णय भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । सो सभामा सहभागी हुन चाहने सेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराउने बैंकले जानकारी गराएको छ ।
सभामा बैंकले विभिन्न दुईवटा विशेष प्रस्ताव पेश गरेको छ । पहिलो, बैंकको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गर्ने अर्थात नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ ।
सो प्रयोजनको लागि बैंकको आगामी असोज ८ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुनेछ । यससँगै असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई सेयर नामसारी भएका सेयरधनीले मात्र बैंकको विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।
नेपाल बैंकको असोज १९ गते विशेष साधारणसभाको आह्वान
आर्थीकसंसार संवाददाता२ असोज, २०७७
२ असोज, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो