कठमाडौं । एनआएबीएल एस क्यापिटलले स्थापनाको १० औं बर्ष पुरा गरेको छ । क्यापिटलले यस अवधिमा थुप्रै कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा काम गरिसकेको छ । यस अवसरमा क्यापिटलले आफ्नो ग्राहकहरुका लागि निशुल्क डिम्याट नविकरणदेखि अन्य थुप्रै अफर ल्याएको छ ।
क्यापिटलले १० पूरा गरेको सुखत अवसरमा डिम्याटको वार्षिक नविरण शुल्कमा अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविरण गर्ने सुनौलो अवसर ल्याएको छ । यसैगरी १० रुपैयाँमा मार्केट एक्सपर्टको सेवा ल्याएको छ । साथै व्यवस्थित लगानी योजना सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) को धन्यवाद अफर जसमा १० जना भाग्यशाली ग्राहकहरुलाई १० हजार बराबरको इकाई प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ । यो योजना भने २०७९ साउन १५ देखि २५ गतेसम्म लागू हुनेछ ।
क्यापिटलले १० वर्षको समयअवधिमा १८८ कम्पनीको आएपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा काम गरिसकेको छ । साथै हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा कार्यरत रहेको छ । हाल कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता र २.२५ लाख ग्राहकलाई मेरो शेयर सेवा प्रदान गर्दै आइरहेको छ ।
एनआइबीएल एसले १० औं बार्षिक उत्सवको अवसरमा ल्यायो निशुल्क डिम्याट नविकरणदेखि विभिन्न अफर
आर्थीकसंसार संवाददाता१५ साउन, २०७९
१५ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?