News Portal

  • सनराइज बैंकको नाफा ४८.६९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा घटेपनि ईपीएस २१.२६ रुपैयाँ पुग्यो

    आर्थीकसंसार संवाददाता७ साउन, २०७९
    ५९२ पटक
    ७ साउन, २०७९

    काठमाडौं । सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेर ४ अर्ब ५९ करोड २ लाख १ हजार रुपैयाा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५२ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेर २ अर्ब ७३ करोड ९ लाख ८१ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेर ९३ करोड २३ लाख ३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत बढेर ५ अर्ब ९८ करोड ७७ लाख ३९ हजार रुपैयाँ र वितरण योग्य नाफा ५७.४३ प्रतिशत घटेर २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष २५.०८ प्रतिशत बढेर ६ अर्ब ६० करोड ६४ लाख ४९ हजार रुपैयाँ, निक्षेप २३.६५ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार रुपैयाँ र कर्जा १९.५६ प्रतिशत बढेर १ खर्ब २० अर्ब १४ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.२५ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्