News Portal

  • ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१९ असार, २०७९
    ५९४ पटक
    १९ असार, २०७९

    काठमाडौं । ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ्ग खाता सञ्चालनमा ल्याइएको हो ।
    उक्त योजनाअन्तर्गत ग्राहकहरुले आवश्यकताअनुसार १ वर्ष देखि १० वर्षसम्मका लागि मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम रु. ५०० का दरले क्रमिकरुपमा रकम जम्मा गर्दै जान सकिनेछ ।
    नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवायुवतीहरु, अभिभावक वर्गहरुले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागि मासिक रुपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गरी तोकिएको समय व्यतित भएपश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन् । साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ ।
    ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुशरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दिर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।
    ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्