काठमाडाैं । डिजिटल पेमेन्ट इकाेसिस्टम लाई सबल बनाउने उदेश्यले एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सक्ने छन् ।
यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छ ।
बैंकले आफ्नो ११६ शाखाहरु, ३१ राजस्व सङ्कलन काउन्टरहरु, १५० एटिएमहरु तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आईरहेको छ ।
एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता, भारतमा सपिङ गर्ने सजिलो हुने
आर्थीकसंसार संवाददाता१६ जेठ, २०७९
१६ जेठ, २०७९- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?