काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, MBL M-Smart को सुरुवात गरेको छ । यस अघि माछापुच्छ्रे मोबाइल मनि (एम३) को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो ।
विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ । बैंकले MBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो ।
समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुच्छ«े बैंकले नेपालमै पहिलो पटक वी च्याट पे सुरुवात गरेका थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट रेमिट एप लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ । नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्र स्थानमा राख्न सफल भएको छ ।
यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उद्देश्यसहित बैंकले मोबाइल बैंकिङ एप, एमबीएल एम–स्मार्ट सञ्चालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम–स्मार्ट
आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७८
२८ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?