अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् । अर्थमन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौं, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’ उनले भने । उनले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन पनि अनुरोध गरे ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको पनि बताए । साथै उनले आफू सरकार बाहिर रहेपनि आफू सरकार बाहिर रहेर पनि देशको हितमा हुने काममा सक्रिय रहने बताए ।
उनी अब केही बेरेमा राजीनामा गर्दैछन् । उनको बिदाई कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए ।
‘मैले अर्थतन्त्रमा धेरै सुधार गरेँ’ : अर्थमन्त्री खतिवडा
आर्थीकसंसार संवाददाता१९ भदौ, २०७७
१९ भदौ, २०७७- रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै, बैंकिङ कारोबार ४ दिन बन्द
- सन नेपाल लाइफको देशैभरिका कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम