काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न गरेको जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले उक्त प्रस्ताव पारित गरेको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।
त्यस्तै, सभाले कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । साविककै लेखापरीक्षक केएमयू एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।
सभाले निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित र उक्त संशोधनहरूमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको कार्यालयको ठेगाना सम्बन्धमा, विशेष प्रस्ताव बमोजिम जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूत्ता पूँजी बृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
नेको इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
आर्थीकसंसार संवाददाता९ चैत्र, २०७८
९ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?