काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार र परिवारका सदस्यहरु तथा बैंकका ग्राहकहरुले धुलिखेल आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म बिशेष छुट पाउने भएका छन्। यसबारे बैंक र रिसोर्टबीच आज एक सम्झौता भएको हो।
सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने हुनेछ।
त्यसैगरि यस बैंकको डेविट कार्ड ,क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग,इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ।
सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।
उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति हार्दिक आभार व्यक्त गरे।
आगन्तुक रिर्सोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले नेपालको ठूलो र सबल बैंक संग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल र आगन्तुक रिसोर्टका मार्केटिङ्ग प्रमुख प्रभाकर खड्का लगायतको पनि उपस्थिति रहेको थियो ।
नेपाल बैंकमा आबद्धले धुलिखेल आगन्तुक रिसोर्टमा बिशेष छुट पाउने
आर्थीकसंसार संवाददाता१७ फागुन, २०७८
१७ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?