News Portal

  • महालक्ष्मी बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा छुट

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७८
    ८८१ पटक
    ३ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । बैंक र फुडल्यान्डबीच सोमबार सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
    महालक्ष्मी विकास बैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं. २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्